विजय लघुवित्तको बोनस सेयर सूचिकृत

  २०७६ जेठ १३ गते १३:४१     विकासन्युज

काठमाडौं । सोमबार विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको एक लाख ७७ हजार १०० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

हाल संस्थाको चुक्ता पुँजी १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटी हो । आइतबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ५६० रुपैयाँ रहेको थियो ।