लुम्बिनी जनरल इन्स्योरेन्सको असोज २७ गते बुक क्लोज, २० प्रतिशत हकप्रद जारी गर्दै

  २०७६ असोज १४ गते ११:३३     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको आगामी असोज २७ गते बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय असोज १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिकाे  निर्णयअनुसार कम्पनीले सेयरधनीहरुमा १० बराबर २ को अनुपात(२० प्रतिशत) हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।