यूनाईटेड इन्स्योरेन्सको वार्षिक साधारणसभा कात्तिक २६ गते, कहिलेदेखि बुक क्लोज ?

  २०७६ असोज ३० गते १८:१७     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)ले आफ्नो वार्षिक साधारणसभा आगामी कात्तिक २६ गते (मंगलबार) गर्ने भएको छ । कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न सो दिन सभा बोलाउने निर्णय गरेको हो ।

सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी कात्तिक ८ गतेदेखि कात्तिक २६ गतेसम्म बुक क्लोज हुने भएको छ ।

थापाथलीमा केन्द्रिय कार्यालयको यस कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । जसको सेयर मूल्य प्रतिकित्ता २६५ रुपैयाँ रहेको छ ।