बोनसपछि दुई संस्थाको शेयर मूल्य समायोजन

  २०७६ मंसिर १६ गते १२:२१     विकासन्युज

काठमाडौं । सोमबार दुई संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा छिमेक लघुवित्त विकास बैंक र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

छिमेक लघुवित्तको २७.११८६ प्रतिशत बोनस पछि शेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ७७३.२९ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ७५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पश्चात यस संस्थाको शेयर मूल्य प्रतिकित्ता १०२८.५७ रुपैयाँ रहेको छ ।