फस्र्ट माइक्रोफाइनान्सको वार्षिक साधारण सभा असोज २८ गते, बुक क्लोज कहिले ?

  २०७६ असोज ७ गते ८:४४     विकासन्युज


काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० औ वार्षिक साधारण सभा असोज २८ गते हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे आम्रपाली ब्याङ्केट, भाटभटेनी काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्नेछ । संस्थाको हाल कायम चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८ सय रुपैँयाबाट बृद्धी गरी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैँया पुर्याउन प्रस्ताव समेत पारित गरिने संस्थाले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि असोज १४ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खारेज दर्ता बन्द(बुक क्लोज) हुने जनाइएको छ ।