नेपाल एग्रो लघुवित्तको वार्षिक साधारणसभा पुस १२ गते, सञ्चालकमा २ जना चयन गर्ने

  २०७६ मंसिर १३ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आगामी पुस १२ गते बस्दै छ । संस्थाको सभा सो दिन कास्कीको न्यूरोड पोखरास्थित सिटिस्क्वेयर प्रा.लि.मा बिहान ९ बजे बस्दै छ ।

सभाले नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको संस्थाको प्रस्तावित १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि प्रस्तावित ३ लाख ९३ हजार २४५ रुपैयाँ नगद लाभांशलाई पारित गर्दै छ । साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन गर्ने संस्थाले जनाएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ४ करोड ९७ लाख ७७ हजार ८०० रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी ५ करोड ७२ लाख रुपैयाँ पुग्ने छ ।