नबिल बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र निष्काशन गर्न पाए बोर्डको अनुमति

  २०७६ माघ ८ गते १४:१९     विकासन्युज

काठमाडौं । नबिल बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र(डिबेञ्चर) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । बोर्डको अनुमति पाएसँगै यी दुई कम्पनीले कूल २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने छन् ।

सोमध्ये नबिल बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । बैंकले ‘१० प्रतिशत नबिल बैंक डिबेञ्चर २०८२’ नामको २० लाख कित्ता ऋणपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटमार्फत बिक्री गर्ने छ । बैंकले पब्लिक प्लेसमेन्टबाट ८० करोड र प्राइभेट प्लेसमेन्टबाट एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डको अनुमति पाएको हो ।

त्यस्तै, आईसीएफसी फाइनान्सले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । फाइनान्सले ‘१२ प्रतिशत आईसीएफसी फाइनान्स लि. डिबेञ्चर २०८३’ नामको २ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये पब्लिक प्लेसमेन्टबाट ८ करोड र पाईभेट प्लेसमेन्टबाट १२ करोड रूपैयाँ ऋणपत्र निष्काशन गर्ने छ । संस्थाले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत सो मात्राको ऋणपत्र जारी गर्ने छ ।

बोर्डले यी दुबै संस्थालाई माघ ६ गते ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।