ग्लोबल आईएमई बैंकले साँढे दुई अर्ब लाभांश दिँदै, बोनस र नगद बराबर

  २०७६ असोज १४ गते १२:५९     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयरधनीलाई चुक्ता पुँजीको २५.५ प्रतिशत अर्थात दुई अर्ब ६२ लाख रुपैयाँ बराबरको लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई एक अर्ब ३१ करोड रुपैयाँ बोनस र एक अर्ब ३१ करोड रुपैयाँ नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको मंगलबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बराबर दरमा बोनस र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । समितिले प्रतिशतका आधारमा १२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १२.५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ नाघ्ने छ ।