एनएमबि लघुवित्तको हकप्रद कात्तिक २४ गतेदेखि, क-कसले पाउँछन् सेयर भर्न ?

  २०७६ कार्तिक ५ गते १७:१९     विकासन्युज

काठमाडौ । एनएमबि लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर कात्तिक २४ गतेदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट १ः१.५ अनुपातमा २४ लाख ३० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको एनएमबि लघुवित्तले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म उक्त सेयर निष्कासन गर्न लागेको हो ।

यसका लागि लघुवित्तले कात्तिक ७ गते बुक क्लोज गर्दै छ । कात्तिक ६ गते (अर्थात भोलि)सम्म सेयर कायम रहने सेयरधनीहरु १०० रुपैंया अंकित मूल्य भएको हकप्रद सेयर भर्नका लागि योग्य हुनेछन् ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलले संस्थाको कूल २४ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । सेयर भर्न चाहने इच्छुकले सनराइज क्यापिटलको जुनसुकै शाखाबाट आवेदन दिन सक्नेछन् ।

हाल संस्थाको चुक्ता पुँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद निष्कासन पछि संस्थाको चुक्ता पुँजी ४० करोड रुपैयाँ नाघ्ने छ ।

उक्त हकप्रद निष्कासनको लागि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले संस्थालाई “इक्रा एनपी आईपीओ ग्रेड ४” प्रदान गरेको छ । जसले संस्थाको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।