इन्फिनिटी लघुवित्तको आईपीओमा ९ गुणा बढी आवेदन, तीन लाख बढीले भरे सेयर

  २०७६ जेठ १६ गते १९:२३     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ९.७८ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार संस्थाको आईपीओमा कुल ६५ करोड ९४ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

बिहीबार साँझ पाँच बजेसम्ममा कुल ३ लाख २४ हजार २५३ जना आवेदकले कुल ६५ लाख ९४ हजार ९७० कित्ताको लागि आवेदन दिएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले बुधबार नै सेयर बिक्री गर्न बन्द गरेको क्यापिटले बताएको छ ।

संस्थाले गत जेठ १३ गते सोमबारदेखि सर्वसाधारणका लागि कूल ६ लाख २९ हजार ९३० कित्ता आईपीओ बिक्री शुरु गरेको थियो । उक्त सेयरमा १० कित्ता देखि ३३७० कित्तासम्म भर्न पाउने व्यवस्था रहेको थियो ।

संस्थाले कूल ६ लाख ७४ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याई बाँकी रहेको सो मात्राको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । संस्थाले लघुवित्तका कर्मचारीलाई १० हजार ३७० कित्ता र सामूहिक लगानी कोषहरुलाई ३३ हजार ७०० कित्ता सेयर छुट्याएको थियो ।