आशा लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति?

  २०७६ असोज १५ गते ११:४१     विकासन्युज

काठमाडौं । बुधबार आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३८७.५० रुपैयाँ रहेको छ ।

संस्थाले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर लाभांश वितरण गरेको हो ।