२०७५ जेठ १ गते १६:२८ विकासन्युज
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंगलबार(आज)देखि रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । उक्त रेमिट्यान्स प्रडक्टको उद्घाटन विकास बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठले गरेका हुन् ।
कार्यक्रममा सञ्चालक श्रेष्ठले विकास बैंकले यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताएका छन् ।
विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बर्तमान प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथाग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको बताए । साथै, उनले विकास बैंकले छिट्टै नै विदेशीमुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने बताएका छन् ।
हाल यस विकास बैंकको ५७ वटा शाखा कार्यालय र १२ वटा एटिएम संचालनमा रहेको छन । साथै, अब छिट्टै नै झापाको दमक, काठमाण्डौंको नयां बानेश्वर, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, रुपन्देहीको योगीकूटी, कैलालीको धनगढी, बांकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्दैछ । यी शाखा कार्यालय स्थापना पश्चात विकास बैंकको कूल शाखा संख्या ६६ पुग्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.