सेञ्चुरी बैंकको नाफा ३ महिनामै बढ्यो १०३ प्रतिशत

  २०७५ वैशाख ११ गते १०:१७     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामै १०३ प्रतिशतले नाफा बढाएको छ । २०७४ पुस मसान्तमा ३२ करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ६३ करोड पुर्याएको हो ।

बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको देखिन्छ भने १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको छ ।

५२ अर्ब निक्षेप संकलन गरेको बैंकले ५० अर्ब कर्जा लगानी गरेको देखिन्छ । ०.७६ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याजदर १२.०६ प्रतिशत छछ भने सिसिडी रेसियो ७८.१८ प्रतिशत र स्प्रेड दर ४.१३ प्रतिशत छ ।
सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.