२०७५ वैशाख २ गते १७:२१ विकासन्युज
काठमाडौं । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरमा कार्यरत नायव सुब्बा कमल भुजेल भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् ।
भुजेल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ स्थित रहेको जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १० हजार पैसा लिदाँलिदै पक्राउ परेका हुन् । आयोगको टङ्गालबाट खटिइ गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
सुब्बा भुजेललाई अनुसन्धान गर्ने क्रमममा अन्य सेवाग्राहीहरुसँग पनि जग्गाको फिल्ड निरीक्षण गरेबापत पैसा लिएको अनुसन्धानबाट प्रमाणित भएको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम कसुर गरेको देखिन आएकोले उनलाई बिगो रु २८ हजार कायम गरी जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.