२०७४ चैत २२ गते १३:२३ विकासन्युज
काठमाडौं । गण्डकी विकास बैंकको सञ्चालक समितिले आव २०७३।०७४ सम्मको संचित मुनाफाबाट चुक्ता पुजींको १९ः३१ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ । प्रस्तावित बोनस शेयर बैंकको यस पश्चात बस्ने बार्षिक साधारणबाट पारित भएपछि लागू हुने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रियस्तरको विकास बैंकले न्युनतम रु.२ अर्व ५० करोड चुक्ता पूँजी पुर्याउनु पर्नेमा बोनस शेयरपश्चात बैंकको चुक्ता पुजीं रु.२ अर्व ७५ करोड हुन जाने जनाइएको छ ।
चुक्ता पुजींको आधारमा गण्डकी विकास बैंक नेपालको विकास बैंक मध्य सबैभन्दा ठूलो बिकास बैंक हुने समेत दावी गरेको छ । न्युनतम चुक्ता पूँजी पूर्याउन बैंकले पहिल्यै २५ प्रतिशत हकप्रद शेयर निश्काशन गरेको थियो र हकप्रदमा जम्मा नभएको बाँकी शेयर समेत लिलाम विक्री भै बाडफाड भैसकेको छ ।
बैंकले हाल ५१ वटा शाखा कार्यालायहरुबाट पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ । थप २६ वटा शाखाहरु नेपाल राष्ट्र बैंकबाट स्विकृती लिई कार्यालय निर्माणको प्रकृयामा रहेको जनाएको छ । बैंकले सम्पूर्ण शाखाहरुबाट पूर्ण वैंकिङ, निक्षेप, कर्जा एटीएम, मोबाइल बैंकिङ लगायतका सुविधाहरु प्रदान गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.