एनसीसी बैंकको कलंकीमा शाखा स्थापना

  २०७४ माघ १९ गते १६:२२     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको शाखा कलंकीमा स्थापना भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले उक्त नयाँ शाखाको उद्घाटन गरेका छन् ।

उक्त समारोहमा कलंकी शाखा उद्घाटन गर्दै श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकिङ्ग पहुँच नपुगेका स्थानीय क्षेत्रमा समेत शाखाहरु विस्तार गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले कलंकी क्षेत्रमा मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण गरिएको हुँदा यस शाखाबाट बैंकले अन्य प्रतिस्पर्धी बैंकहरुसँग छुट्टै पहिचानका साथ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.