२०७४ माघ ६ गते १३:५६ नारायण पौडेल
जप्छौ जन्ताको, कति नाम मात्रै ।
भर्छौ झोलीमा, कति दाम मात्रै ।।
दुःखेन सुस्ता, लिपुलेक पनि ।
गर्छाै नि कति, तामझाम मात्रै ।।
हजारौं जंगे, पिलर हराए ।
सार्छौ सीमाना, कति ठाम मात्रै ।।
मुक्तिका लागि, देशै बनाउन ।
ह्विस्की–वियर, शुभ साम मात्रै ।।
रातो रक्त यो, देशै जोगाउने ।
तातो रक्तको, यै हो काम मात्रै ।।
उठौं न युवा, बचाउन धर्ति ।
कति खानु त्यो, खाली माम मात्रै ।।
जप्छौ जन्ताको, कति नाम मात्रै ।
भर्छौ झोलीमा, कति दाम मात्रै ।।
Copyright © 2024 Bikash Media Pvt. Ltd.