हजारौं जंगे, पिलर हराए, सार्छौ सीमाना, कति ठाम मात्रै

  २०७४ माघ ६ गते १३:५६     नारायण पौडेल

जप्छौ जन्ताको, कति नाम मात्रै ।
भर्छौ झोलीमा, कति दाम मात्रै ।।

दुःखेन सुस्ता, लिपुलेक पनि ।
गर्छाै नि कति, तामझाम मात्रै ।।

हजारौं जंगे, पिलर हराए ।
सार्छौ सीमाना, कति ठाम मात्रै ।।

मुक्तिका लागि, देशै बनाउन ।
ह्विस्की–वियर, शुभ साम मात्रै ।।

रातो रक्त यो, देशै जोगाउने ।
तातो रक्तको, यै हो काम मात्रै ।।

उठौं न युवा, बचाउन धर्ति ।
कति खानु त्यो, खाली माम मात्रै ।।

जप्छौ जन्ताको, कति नाम मात्रै ।
भर्छौ झोलीमा, कति दाम मात्रै ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.