नविल बैंकले सीईओ पाउन अझै ६ महिना कुर्नुपर्ने, सेयर मूल्यमा निरन्तर गिरावट

  २०७४ माघ ४ गते १४:३१     विकासन्युज

काठमाडौं । सशिन जोशीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा गरेपछि पछिल्लो समयमा नविल बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ ।

अनुभवी बैंकर जोशीले बैंक छाडेपछि नविलको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो १५ दिनको सेयर कारोबार हेर्दा नविलको सेयर मूल्य घट्दै गएको छ ।

 

गत साउनमा नविलको सेयर मूल्य १ हजार ७८० रुपैयाँ थियो । लाभांश घोषणापछि मूल्य समायोजन हुदा बैंकको सेयर प्रतिकित्ता १ हजार १८५ रुपैयाँ थियो । पछिल्लो समयमा लगातार घटेर घटेर अहिले १ हजार ३९ रुपैयाँमा झरेको छ । २८ वाणिज्य बैंकहरु मध्ये नविललाई अब्बल बैंकको रुपमा लिइन्छ ।

सेयर घटेको प्रति लगानीकर्ताको गुनासो आउन थालेको नविलका अध्यक्ष शम्भुप्रसाद पौडेल बताउँछन् । विना कारण पछिल्लो एक सातादेखि सेयरको मूल्यमा निरन्तर गिरावट आएको उनले जानकारी दिए । लगानीकर्ताले सेयर मूल्य घटेको भनेर फोन गरेर गुनासो गर्न थालेको उनले जानकारी दिए ।

“बैंकको सबै अवस्था राम्रो छ, अहिले घट्नु पर्ने कुनै कारण देखिदैन निरन्तर ओरालो लागि रहेकाले घट्नुको कारण बुझ्न सकिएन” उनले भने । पहिला थोरै किनेर घटाएकोमा अहिले बल्कमा सेयर बेचेर मूल्य घटाउन केही ठुला लगानीकर्ता लागिपरेको उनको विश्लेषण छ ।
बैंकको कारण नभई केही ठुला लगानीकर्ता नविलको सेयर घटाउन लागि परेको उनको जिकिर छ ।

मेगा बैंक छाडेका अनिलकेशरी शाह अझै ६ महिना नविल बैंकमा जान नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एउटा बैंकबाट छाडेर अर्को बैंकमा ६ महिनासम्म जान नपाउने (कूलिङ पिरियड) लागु भएकाले शाह तत्काल नविलमा जान नपाउने अवस्था आएको हो । सेन्चुरी कमर्शियल बैंकमा तलब सुविधा कम भएको भन्दै एकतर्फी सम्झौता तोडेर शाहले नविल बैंकमा सीईओ हुने सम्झौता गरेका थिए ।

सम्झौता गरेको एक दिन अघि कुलिङ पिरियड लागु भएपछि उनले नविलको सीईओ हुन ६ महिना कुर्नुपर्ने अवस्था आएको हो । शाहलाई पनि कुलिङ पिरियड लागु भएको नेपाल राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डित बताउँछन् । विकास न्युजसंग कुरा गर्दै पण्डितले ६ महिनापछि मात्र उनी नविलको सीईओ हुन पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.