ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाग्लुङ्गको बुर्तिवाङ्गमा 

  २०७४ पुष ३० गते १७:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका चन्द्रप्रसाद ढकाल र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा गरेका छन् ।

त्यस्तै, सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरेका हुन् ।

उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट बुर्तिवाङ्ग क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ग्लोबल आइएमई बैंकले हालसम्म ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्ककार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.