मेलम्चीको सुरुङ खन्न ७६१ मिटर मात्रै बाँकी, पानी भित्र्याउने ओली, प्रचण्ड कि देउवा

  २०७४ मंसिर २५ गते १७:५५     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ७६१.३ मिटर मात्रै बाँकी रहेको छ । आयोजनाले दैनिक औषत १६.१७ मिटरसम्म सुरुङ खन्ने काम गरिरहेको छ ।


आगामी बैशाख नयाँ बर्षमा राजधानी बासीका धारामा मेलम्चीको पानी ल्याउने योजनासहित काम अघि बढिरहेको आयोजनाका उप कार्यकारी निर्देशक रमाकान्त दुवाडी बताउँछन् । खनिएको सुरुङ फिनिसिङ गर्न १० वटा ट्रान्जिट मिक्स्चर ल्याइएको छ । ती मेसिनले सुरुङ भित्रै पुगेर सुरुङ फिनिसिङका सामग्री उपलब्ध गराउनेछ ।

अम्बाथान ग्याल्थुम खण्डको ब्रेक थ्रु डिसेम्बर महिनामा र ग्यालथुम सिन्धु खण्डको सुरुङ डिसेम्बर जनवरी महिनाभरीमा ब्रेक थ्रु गर्ने योजना अनुसार काम भैरहेको छ ।

आगामी बैशाखको पहिलो हप्ता राजधानी बासीका धारामा मेलम्चीको पानी ल्याउने योजनासहित काम भैरहेको हो । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिनेछ । त्यसपछि थप ३४ करोड लिटर पानीका लागि यांग्री र लार्के नदिको अध्ययनका लागि पनि परामर्श दाताको छनौट अघि बढेको छ ।

प्रतिनिधी सभाको निर्वाचन पछि गठन हुने नयाँ सरकारका प्रधानमन्त्रीले यसको उद्घाटन गर्नेछन् । बामगठबन्धनको सरकार बनेमा त्यसका प्रधानमन्त्रीले उद्घाटन गर्ने अवसर पाउनेछन् । त्यस्तो अवस्थामा केपी ओली वा प्रच्ण्डलाई त्यस्तो सौभाग्य प्राप्त हुनेछ । माओवादी र एमालेबिच दरार उत्पन्न भएर काँग्रेस नेतृत्वमा सरकार बनेमा शेर बहादुर देउवाले त्यस्तो अवसर पाउनेछन् । जे भएपनि नयाँ सरकारका प्रधानमन्त्रीले मेलम्चीको पानी राजधानीबासीका धारा आएको उद्घोष गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.