जाडोमा मोटरसाइकल यात्रा गर्दै हुनुहुन्छ ? यसरी गर्नुस् सुरक्षित बाइक राइडिङ

  २०७४ कार्तिक १० गते ७:०३     विकासन्युज

काठमाडाैं । जाडो मौसममा चिसो हावा चल्ने भएकाले मोटरसाइकल चलाउदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सवारी गर्ने चालकले शरीरको साथै मोटरसाइकलको पनि निकै हेरचाह गर्नुपर्छ ।

जाडोमा हावाले पानी चाँडै सोस्ने भएकोले मोटरसाइकलमा धुलो जमेर बस्ने सम्भावना हुन्छ । कतिपय मानिस जाडोमा बाइकलाई सुरक्षित राख्न छोपेर राख्छन् । वा गर्मी मौसम कहिले आउला भन्दै पुरै सिजन पर्खाईमा बस्छन् । मोटरसाइकका साथै शरीरलाई पनि स्वस्थ राख्न निम्नानुसार बानी अपनाउनुपर्छ ।

बन्दोवस्तीका साथ निस्कनुस्

गियर अप भएर निस्कनु भन्नाले आफूलाई बन्दोवस्तसहित हिड्नु भन्ने बुझिन्छ । जाडोमा बाइक चलाउदा पूर्णरुपमा गियर-अप हुनै निकै आवश्यक छ । फुल लेग, फुल स्लिभका साथ आफूलाई अन्डरआर्मरले ढाक्न सकिन्छ । यसको साथमा ही नेक वार्मर, फग फ्री फेसशील्ड हेल्मेट जस्ता सामान पनि प्याक गर्नुपर्छ । यसले जाडोबाट बचाउने मात्र नभई सुरक्षाको दृष्टिकोणले पनि यो निकै महत्वपूर्ण छ ।

रोक्दै-रोक्दै जाँउ

लामो दुरीको यात्रामा लगातार बाइक कुदाउनु जोखिमपूर्ण हुन्छ । बीच-बीचमा बाइक रोक्ने गरौं । सार्वजनिक शौचालयमा रोकिन नबिर्सौं । जहाँ हात सुकाउनका लागि ह्याण्ड ड्रायर्स राखिएका हुन्छन् । यदी शरीर काप्न थाल्यो भने रोकिएर एकछिन टहलिनु उपयुक्त हुन्छ ।

सफाई
जाडोमा बाइक कुदाएपछि सरसफाई गर्नु जरुरी हुन्छ । जाडोमा धुलोले गियरमा समस्या आउन सक्छ ।

चियाँ, कफि र नास्ता 

लामो दुरीको यात्रामा भोक महसुस नगराउन चियाँ कफि र खाजा लिइरहनुपर्छ । चियाँ र कफीले शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।

बाइक मोड

बाइकका लागि अतिरिक्त खर्च निकालेर यसमा ग्रिप राख्न सकिन्छ । ग्लव्स, फुट वार्मर्स जस्ता वस्तुको प्रयोगले बाइक चलाउदा चिसोबाट जोगाउनका साथै सुरक्षित राख्न मद्दत पुर्‍याउछ ।

सडकमा सावधानी

बाइक चलाउँदा सडकमा पनि ध्यानराख्नु उत्तिकै आवश्यक छ । जाडोमा ब्रेकिंङका लागि विशेष ध्यान राख्नुपर्छ । छिटो ब्रेक लगाउनु सुरक्षित बाइक राइडिङमा सहयोगी हुन्छ ।

टायर

ठन्डीमा टायर निकै चिसो रहन्छन् । केहि समयसम्म एक्सिलेरेटर डाउन-अप गरेर मात्र यात्रा सुरु गर्नु उपयुक्त हुन्छ । टायर प्रेशर पनि चेकजाँच गरिरहनुपर्छ ।

अन्डरवे

थर्मल अन्डरवेयरको प्रयोगले जाडोमा पनि यात्रा सहज बनाउन सकिन्छ । लामो अन्डरवेयर निकै आरामदायी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.