बाढीपीडितका लागि संकलित ४० लाख प्रधानमन्त्रीलाई हस्तान्तरण, सगरमाथा इन्स्याेरेन्सकाे १० लाख सहयाेग

  २०७४ असोज २८ गते १२:०७     विकासन्युज

काठमाडौं । ईमेज च्यानलको अगुवाईमा सञ्चालन गरेको ‘ईमेज च्यानल बाढी पहिरो राहत कोष’मा जम्मा भएको रकम प्रधानमन्त्रीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राहत कोषमा जम्मा भएको ४० लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

सो अवसरमा अध्यक्ष मानन्धरले ईमेज च्यानलले सनराईज बैंक, ग्लोबल आईएमइ बैंक र सगरमाथा इन्सोरेन्सको सहभागिता उक्त रकम जम्मा भएको जानकारी दिदै बाढी पहिरो पीडितका लागि आफूहरुले हरेक वर्ष सहयोग गर्दै आईरहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले राहत कोष स्थापना गरी बाढी पीडित जनतालाई सहयोग गरेकोमा ईमेज च्यानललाई धन्यवाद दिँदै राहत सही ढंगबाट सदुपयोग हुने बताए ।

हस्तान्तरण कार्यक्रममा सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगड, कार्यकारी निर्देशक रत्नराज बज्राचार्य, सगरमाथा इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, डेपुटी प्रमुख कार्यकारी अधिकृत सुबोधलाल श्रेष्ठ र ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक गणेश अवस्थी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्माका उपस्थित थिए । ईमेज च्यानलका उपाध्यक्षहरु इन्दिरा मानन्धर र मोहनचन्द्र सिंह, समाचार प्रमुख डा. महेन्द्र बिष्ट, बजार व्यवस्थापन निर्देशक रन्जन अधिकारीलगायत सहभागी थिए ।

कोषमा सनराईज बैंकले १५ लाख, ग्लोबल आईएमई बैंकले ११ लाख र सगरमाथा इन्सोरेन्सले १० लाख जम्मा गरेका थिए

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.