नबिल बैंकको ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

  २०७४ असोज १० गते १५:४७     विकासन्युज

काठमाडौं । नबिल बैंकको १८ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । असोज १० गते बसेको बैंकको ३३ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयधनीलाई सो मात्राको लाभांश दिने भएको छ ।

बैंकले यस आ.व. २०७३/७४ मा ३ अर्ब ६१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको मुनाफामा २५.८ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, साेही अवधिमा बैंकको संचालन मुनाफा ५ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा २८.४ प्रतिशतले बढी हो ।

साथै, कार्यक्रममा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको पुँजी यसै बर्ष ८ अर्ब ०४ करोड रुपैयाँ पुगेको बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.