नेपाल इन्भेष्टमेन्ट बैंकले दशैंमा २२ वटा शाखा खुलाउने, हेनुर्स कहाँबाट दिदै छ सेवा

  २०७४ असोज ९ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दशैंको अवसरमा आफ्ना विभिन्न स्थानका २२ वटा शाखाहरु सुचारु गराउने भएको छ । बैंकले बिदाका समयमा उपभोक्ताहरुलाई बैंकिङ कारोबारमा सहजता होस् भन्ने उदेश्यले विभिन्न शाखा विभिन्न मितिमा खुल्ला राख्ने बताएको छ ।

बैंकको मुख्य कार्यालय दरबारमार्ग बिहान ९ देखि १२ बजेसम्म सबै बिदाका दिन खुल्ने छ भने अन्य शाखा कार्यालयहरु तल उल्लेखित दिन र समयमा सुचारु हुने बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले काठमाडौंको ठमेलस्थित सातघुम्ती  ९९  एटिएम सेवा बिस्तार गरेको छ । पर्यटकहरुको बक्लो आवतजावत हुने ठमेलमा स्थानीय उपभोक्तालाई तत्काल बैंकिङ कारोबार गर्न सजिलो होस भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको हो । बैंकले यसअघि देशका विभिन्न स्थानमा रहेका ९८ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिदै आइरहेको छ ।

९ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूंजी रहेको बैंकले ८ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्ना ६१ वटा शाखाहरू र विभिन्न शाखारहित बैंकिङ सुविधाहरूबाट सेवा पुर्याउँदै आएको छ । बैंकको हाल ४ लाखभन्दा बढी भिसा कार्ड प्रयोगकर्ता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.