माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु, २० महिनामा बिजुली उत्पादन हुने

  २०७४ असोज ६ गते ८:०२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु ) सकिएको छ ।
आयोजनाको सुरुङ खन्ने काम बिहीबार सम्पन्न भएको हो । सुरुङको लम्बाई ४ किलोमिटर छ । ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले बिहीबार सुरुङ खन्ने काम सकेको आयोजना प्रमुख फडिन्द्र जोशीले बताए । आयोजनाको सिभिलअन्र्तगतको जटिल काम सकिएको उनले जानकारी दिए । आउदो २० महिनामा आयोजनाको काम सम्पन्न हुने जोशीले बताए ।
हाल सिभिल निर्माणमा ८५ प्रतिशत प्रगति भएको छ । यस्तै हाइड्रोमेकानिकल र इलोक्ट्रोमेकानिकल उपकरण आपूर्ति हुन लागेको जोशीले बताए । उनकाअनसार समग्रमा आयोजनाको काम ६५ प्रतिशत सम्पन्न भएको छ । सन् २०१९ को अप्रिल ३० मा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको र आउदो ३ महिनामा आयोजनाको प्रगति ८५ प्रतिशत पुग्ने जोशीको दावी छ ।
आयोजनाको पहिरो व्यवस्थापन र ५ किलोमिटर लामो सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । सेनाले सडक मर्मतको काम सुस्त गतिमा गर्दा आयोजनाको कार्यतालिका प्रभावित भएको छ । ०७२ बैशाख १२ गतेको भूकम्पपछि जटिल अवस्थामा पुगेको आयोजनाको काम सुरु भएपछि मुख्य संरचनाको काम सकिएको छ ।

आयोजनालाई बजेटको अभाव

चाइना एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकसंगको ऋणको समय सकिएर साँवा ब्याज तिर्ने समय सुरु भएपछि उसले ऋणको म्याद थप गर्न इन्कार गरेपछि १५ महिनादेखि ठेकेदार र परामर्शदाताले भुक्तानी नपाएको जोशी बताउछन् ।

काम हुदै जादा भूकम्पले आयोजनामा ठुलो क्षति पुर्याएपछि काम बन्द भई आयोजना सम्पन्न हुनुअघि नै कर्जाको साँवा ब्याज भुक्तानी गर्ने समय आएपछि थप समस्या आएको हो । १५ महिनादेखि आयोजनाले पैसा पाएको छैन् । ठेकेदार चाइना गेजुवा र परामर्शदाता नर्थवेस्ट हाइड्रोले काम गरिरहेका छन् ।
ऋणको म्याथ थप्ने विषयमा अर्थ मन्त्रालय र एक्जिम बैंकबीच समझदारी भएको सुनिएको जोशीले जानकारी दिए । उनले चाँडै पैसा आउनेमा आशावादी भएको बताउछन् । यता सरकारले ऋण म्याद ५ वर्ष थपगर्न एक्जिम बैंकलाई पुनः अनुरोध गरिसकेको छ । सरकारले आगामी सन् २०२१ सम्मका लागिकर्जाको म्यादथप्न प्रस्ताव गरेको हो ।
निर्धारित समयममा आयोजनाको काम नसकिएपछि सरकारले फेरि दुई वर्ष म्याद थपको तयारी गरेको छ । २०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुने गरी आयोजनाको म्याद दोस्रो पटक थप भएको थियो । आयोजनाको काम सम्पन्न नभएपछि ठेकेदार चाइना गेजुवाले ४ वर्ष म्याद थपको प्रस्ताव गरिसकेको छ । चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चीनियाँ कम्पनीका छन् ।

कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्नगर्ने लक्ष्य लिएको छ । जसअनुसार हालसम्म ५ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ ।
क्षमता बढाएर ९० बनाउने विषयमा विवाद भएपछि आयोजनाको काम ६ महिना ढिलाइ भएको थियो । सन् २०११ म ३५ महिनामा काम सम्पन्न गर्नेगरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । पछि २६ महिना म्यादथपेर ०७३ असार १५ मा सम्पन्न गर्ने अर्को कार्यतालिका तयार पारिएको थियो ।
नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.