प्रिमियर इन्स्योरेन्सले ६ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य ८९५ रुपैयाँ

  २०७४ जेठ २२ गते १३:११     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ७९५ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ८९५ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो ।

उक्त निर्णय जेठ २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.