होण्डाको ‘खुसीको वर्ष’ नेपाली बजारमा, स्क्रयाचमा कुपनमा रु १ लाख सम्मको नगद छुट

  २०७३ चैत २१ गते १४:१६     विकासन्युज

काठमाडौं । होण्डा मोटरसाइकल तथा गाडीका लागि नेपालका एकमात्र अधिकृत विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो नयाँ वर्ष स्किम “खुसीको वर्ष” बजारमा ल्याएको छ । यस स्किम मार्फत कम्पनीले आफ्ना ग्राहकहरु तथा समस्त नेपालीहरुलाई नयाँ वर्षको शुुभकामना व्यक्त गर्दै आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

यस स्किम अन्तर्गत होण्डाका ग्राहकहरुले विभिन्न नगद उपहार तथा सुविधाहरु जित्ने अवसर पाउने छन् । होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन मार्फत रु. १ लाख सम्मको नगद छुटका साथै असीमित अविधिसम्म ५ वर्षको लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट र ५६०० रुपैयाँ बराबरको ५ वर्षको निःशुल्क सर्भिस कुपन प्राप्त गर्ने सक्नेछन् ।

हरेक चाडबाडको समयमा झै यसपाली पनि यस प्रकारको उपहार योजनाले ग्राहकमा खुसियाली ल्याउनेमा कम्पनी विश्वस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.