रिलायबल डेभलपमेन्ट बैंकद्धारा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय रद्ध

  २०७३ चैत २ गते १६:४२     विकासन्युज

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने पुर्व निर्णय रद्ध गरेको छ । बैंकको बुधबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय रद्ध गरेको हो । गत असार १७ गतेको १० औं बार्षिक साधारणले पारित गरेको हकप्रद सेयरको निर्णय उल्टाउँदै बैंकले ग्लोबल आइएमई बैंकसँग मर्जमा जाने निर्णय गरेको हो । साधारण सभाले लगानी कर्तालाई २८ दशमलब १४ प्रतिशत बोनस दिएर एक्वायरमा जाने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण्ण बाबु लोहनीले विकासन्युजलाई जानकारी दिए ।

हकप्रद सेयर जारी नगरि ग्लोबल आइएमई बैंकसँग एक्वायरमा जाने सम्झौतामा हस्ताक्षर गरेपछि बैंकका लगानी कर्ताले धितोपत्र बोर्डमा उजुरी हालेका थिए । लगानी कर्ताको उजुरीपछि बोर्डले अक्वायर प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो ।

बोर्डको सो निर्देशनपछि रिलायबल र ग्लोबल आईएमईबीचको सम्झौता कार्यान्वन हुन सकेको थिएन ।रिलायवलसँगको सम्झौतापछि ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकसँग एक्वायर गर्ने सहमति गरेकोमा सबै प्रक्रिया पुरा गरी फागुन १ गते आइतबारदेखि एकिकृत कारोबार गरिसकेको छ ।

रिलायबलको चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको छ । नेप्सेमा सूचिकृत पब्लिक कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट गरेर त्यसलाई अर्को साधारणसभाले उल्ट्याउन लागिएको यो पहिलो घट्ना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.