काठमाडौंदेखि नुुवाकोटसम्म सुुरुङमार्ग बन्दै, आधा घण्टामै चिनियाँ सिमाना पुग्न पूर्वाधारले संभव

  २०७३ पुष २३ गते ८:४५     विकासन्युज

काठमाडौं २३, पुस । सडक विभागले काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्ग बनाउँने योजना अगाडि सारेको छ । काठमाडौंको टोखाबाट करीब ६ किलोमिटरसम्मको सुरुङमार्ग बनाएर नुवाकोटको छहरेसम्म पुर्याउने भएको छ । यो मार्ग बनेपछि नुवाकोटको थान्सिङफाँट जोडिने भएको छ । सरकारले ८५ किलोमिटरको गल्छी रसुवागढी सडक विस्तारको कामलाईसमेत प्राथमिकता दिएको छ ।
nagdhunga_naubise
यो सडक आगामी दुई देखि पाँच वर्ष भित्रमै यो सडक निर्माण गरेर संचलनमा ल्याउने तयारी गरेको छ । प्रथमिकताका साथ काम भइरहेको यो सडकको ५१ किलोमिरट ट्रयाकसमेत खोलिसकिएको छ ।

यो सडक निर्माण गर्ने र टोखाबाट नुवाकोट सुरुङमार्गले जोडिएको अवस्थामा काठमाडौंबाट आधा घण्टामै रसुवागढीहुँदै चिनियाँ सिमानामा पुग्न सकिने सडक विभागको भनाइ छ ।

विभागका वैदेशिक महाशाख प्रमुख ईन्जिनियर संजयकुमार श्रेष्ठका अनुसार भारतसँगको परनिर्भरता हटाउन र चिनियाँसँगको सम्बन्ध विस्तारको लागि गल्छी रसुवागढी सडक र काठमाडौं नुवाकोट सुरुङमार्ग निकै प्रभावकारी हुने उल्लेख छ । विभागका अनुसार टोखा–छहरे सुुरुङमार्ग निर्माण गर्न एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले संम्भाव्यता अध्ययन गर्ने भएको छ ।

यो बैंकले नै सुरुङ मार्ग निर्माण गर्ने विषयमा पनि सरकारको सहमति खोजिरहेको उल्लेख छ । नेपाल पनि संस्थापक सदस्य रहेको यो बैंकले ६ किलोमिटर सुुरुङमार्ग निर्माण गर्न चाहेको उल्लेख छ । यो सुुरुङमार्ग निर्माण गर्दा काठमाडौंबाट सीधै नुुवाकोटको थान्सिङ फाँट निस्कन सकिन्छ ।

गल्छीदेखि रसुुवागढीसम्म सरकारले स्तरीय सडकमार्ग निर्माण गरिरहेकोले पनि सुरुङमार्गको पनि काम तत्कालै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख छ । काठमाडौंबाट नुवाकोट पुग्न लाग्ने घण्टौको समय सुरुङमार्गपछि पाँच मिनेटको हुने छ । यो सुरुङमार्ग बन्यो भने गल्छी रसुवागढी जोड्ने स्तरीय सडकमार्गको पहुँचले पनि जोड्ने छ । rail_ways

सरकारले रेलमार्गको पनि संम्भाव्यता अध्ययन गरिरहेकोले काठमाडौंबाट चीनियाँ नाकाको दुरी आधा घण्टा भन्दा लामो नहुने दाबी सडक विभागको छ ।

काठमाडौं–रसुवागढी रेलमार्ग निर्माणका लागि चीन सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनले प्रस्तावसमेत नेपाल सरकारसमक्ष पेश गरिसकेको छ ।

१०५ किलोमिटरको यो रेलमार्ग निर्माण भए काठमाडौं–रसुवागढीसम्म आधा घण्टामै पुग्ने सकिन्छ । यो रेलमार्ग बनाउँदा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइन्छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने र यो रेलमार्ग अन्तर्राष्ट्रिय संजालको पनि हुने भएकोले प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा रेल दौडन सक्ने क्षमताको हुने छ ।

नुवाकोटसम्म सुरुङमार्गप्रयोग गरेर जाँदा अझै छिटो हुने भएकोले काठमाडौंबाट नुवाकोट हुँदै जाने सुरुङमार्गसँग रेलमार्गको पनि पहुँच विस्तार भए आधा घण्टामै सिमाना पुग्ने वातावरण बन्ने विभागको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.