२०८० चैत १८ गते ११:४९ विकासन्युज
काठमाडौं । करिब एक सातायता निरन्तर उकालो लागिरहेको सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा आइतबार ब्रेक लागेको छ । आइतबार कम्पनीको सेयर मूल्य १०२.७० रुपैयाँले घटेर प्रतिकित्ता ९८० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ९.४९ प्रतिशत घटी हो ।
गत बिहीबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०८२.७० रुपैयाँ पुगेको थियो । यद्पि यो अधिकतम मूल्य भने होइन । कम्पनीको अधिकतम मूल्य प्रतिकित्ता १०८३ र न्यूनतम मूल्य ५५६ रुपैयाँ हो ।
दोश्रो बजारमा प्रवेश गरेसँगै निरन्तर सर्किट सकारात्मक सर्किट लागेको कम्पनीमा आज पहिलो पटक नकारात्मक सर्किट लागेको छ । कम्पनी गत चैत ६ गते दोश्रो बजारमा प्रवेश गरेको थियो । सो दिनको पहिलो कारोबार प्रतिकित्ता ५५६.०८ रुपैयाँलाई आधार मानेर भएको थियो । सो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको थियो । त्यसयता ७ दिनसम्म निरन्तर सर्किट लागेर प्रतिकित्ता १०८२.७० रुपैयाँ कम्पनीको सेयर मूल्य आज आठौं दिनको दिन घटेको छ ।
नाफा बुक गर्नेको हावीभएसँगै कम्पनीको सेयर मूल्य घटेको बजारका जानकारहरु बताउँछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.