२०८० भदौ २० गते १६:३३ विकासन्युज
काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ सातौं वर्षमा प्रवेश गरेको छ ।
नक्साल नारायणचौरमा रहेको वात्सल्य संचालनमा आएको सातौं वर्ष प्रवेश गरेको हो । वात्यल्यले यस अवधिमा आइभीएफ र प्राकृतिक पद्दतीबाट झण्डै सात हजार दम्पतीलाई सन्तान सुख उपलब्ध गराएको वात्सल्यका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रशान्त सुवेदीले जानकारी दिए ।
आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको वात्सल्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुवेदीका अनुसार वात्सल्यबाट आईभीएफ पद्धतिमार्फत उपचार गरेका झण्डै ३ हजार दम्पत्तीले सन्तान सुख प्राप्त गरेका छन् । यो उच्च सफलता दर भएको उनले बताए ।
सन्तान नभएकै कारण समस्यामा परेको यति ठूलो जनसंख्यालाई यो छोटो अवधिमै सन्तान प्राप्तिका लागि सहयोगी बन्न पाएकोमा हामी गौरवान्वित छौं,’ उनले थपे ।
प्रजनन उपचारमा अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले क्रमसः नवीन प्रविधी, जनशक्ति सेवा र सुविधाहरु थप्दैं लगेको बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.