२०८० साउन १९ गते १४:२४ विकासन्युज
काठमाडौं । हिमालय एअरलाइन्स्ले संस्थागत उत्तरदायित्व अन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ ।
‘शिक्षातर्फ पाइला’ अभियान अन्तर्गत अनाथ तथा विपत्र बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि तीन लाख ९६ हजार सहयोग उपलब्ध गराएको एआरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्स्का अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।
यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हूप जस्ता विभित्र खेलकुदका सामाग्रीहरू पनि सहयोग स्वरुप उपलब्ध गराएको एअरलाइन्सले बताएको छ ।
काठमाडौंको सुन्दरीजलमा रहेको उक्त बाल गृहमा हाल १३ जना बालबालिकालाई आश्रय र शिक्षा लिइरहेका छन् ।
‘नेपालमै आधार र नेपालमै सेवा’ हिमालय एअरलाइन्स्ले लामो समयदेखि गरेको प्रतिबद्घता हो । लव प्रसाद बालगृहलाई गरिएको सहयोगले बालबालिकाका लागि राम्रो जीवन र बसाईको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं’, एअरलाइन्स्का अध्यक्ष इन्योङ्गले भने ।
बालगृहका अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुची बढाउन खेलकुदका सामाग्रीहरु सहयोग गरेकोमा आभार व्यक्त गरेकी छिन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.