घ्यूतेलमा कर बढाउँदा अनौपचारिक बजार फस्टायो, सरकारलाई साँचो बुझाउने समय आयो

  २०८० जेठ २२ गते १४:५६     विकासन्युज

काठमाडौं । नेपाल वनस्पति घ्यूतेल उत्पादक संघका अध्यक्ष विकास दुगडले घ्यूतेलमा कर बढाउँदा अनौपचारिक बजार फस्टाएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दुगडले सो बताएका हुन् ।

उनले भारतमा भन्सार महसुल निःशुल्क तर नेपालमा भन्सार महसुल १० प्रतिशत र भ्याट १३ प्रतिशत कायम रहेको बताउँदै उनले भन्सार महसुल घटाएर साविककै १ प्रतिशत कायम गर्नु पर्ने बताए । साथै, उनले साँचो सरकारलाई बुझाउनु पर्ने परिस्थिति आएको समेत बताए ।

संघका उपाध्यक्ष अमित मोरले १ खर्ब लगानीको २६ उद्योग सञ्चालनमा आउँदा १५ हजारले रोजगारी पाएको जानकारी गराए । यी उद्योगमा समस्या आउँदा अन्य उद्योगमा पनि समस्या आउने बताउँदै उनले उद्योगले अग्रिम आयकर तिर्न नसकेको बताए ।

‘हामीले अग्रिम आयकर तिर्न सकेका छैनौं, अहिले पनि हामी नोक्सानीमा छौं,’ उपाध्यक्ष मोरले भने ।

त्यस्तै, ५० हजार टन अनाधिकृत कच्चा वस्तु आएको बताउँदै उनले यी वस्तुले अनौपचारिक बजारले प्रोत्साहन पाएको समेत जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.