सहकारीका बचतकर्ताको पैसा ठग्ने मेयर विदेश भाग्ने चिन्ता, पक्राउ गर्न सीआईबीलाई पत्र

  २०८० जेठ १२ गते १७:१४     विकासन्युज

काठमाडौं । बचतकर्ताका बचत हिनामिना गरेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्नका लागि केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पत्राचार गरिएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका मेयर नेपालीलाई देश बाहिर जान सक्ने भन्दै तत्काल खोजतलास गर्न र पक्राउ गर्न भन्दै सिआईबीलाई पत्र पठाइएको हो ।

उनलाई बागलुङ जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई देशबाहिर जान रोक लगाउन पत्र पठाएको बताएको हो । प्रशासनले गृह मन्त्रालयलाई समेत जानकारी गरिसकेको छ । नेपालीलाई देश बाहिर जान रोक लगाउन भन्दै अध्यागमन विभागलाई समेत त्र पठाइसकेको बुझिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङले संघीय सहकारी विभागलाई पनि पत्राचार गरेको विभागले जनाएको छ । विभागले इमेज सहकारी आफ्नो क्षेत्राधिकार भित्र नपर्ने जनाएको छ । तर, समन्वय गर्ने काम भने गरेको छ । अहिले मेयर नेपाली सम्पर्कविहिन छन् ।

मेयर  नेपालीले तनावले केही दिन आराम गर्न सम्पर्कबाहिर रहेको बताएका थिए । आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा पत्र लेख्दै उनले आराम गर्न सम्पर्कबाहिर रहेको बताएका थिए । आफन्तमार्फत प्रहरीलाई चिठ्ठी पठाएका उनले आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने सम्पर्कबाहिर रहेको उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.