निक्षेप १२ अर्बले बढ्दा १० अर्बले घट्यो कर्जा

  २०८० जेठ ८ गते १७:२१     विकासन्युज

काठमाडौं । पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । नेपाल बैंकर्स एशोसिएसन (एनबीए)का अनुसार चैत महिनाको तुलनामा बैशाखमा बैंकहरुको निक्षेप १२ अर्बले बढेको हो ।

चैतमा ४८ खर्ब २८ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप बैशाखमा बढेर ४८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, जेठ २ गतेसम्ममा बैंकहरुले ४८ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

समीक्षा अवधिमा निक्षेप बढेपनि कर्जा लगानी भने घटेको छ । चैतमा ४३ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले बैशाख मसान्तसम्ममा ४२ खर्ब ९९ अर्ब रुपैयाँमा सीमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.