Breaking: भारतले ५०० र १००० का नोट बन्द गर्यो, भोलि भारतका सवै बैङ्क बन्द, दुई दिन एटिएम नचल्ने

  २०७३ कार्तिक २३ गते २१:३२     विकासन्युज

काठमाडौं, २३ कात्तिक । भारतले  ५०० र एक हजारको नोटको कारोबार बन्द गरेको छ।  मंगलबार राती १२ बजेदेखि भारतमा यी नोट चल्ने छैनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा  संबोधन गर्दै नोट नचल्ने घोषणा गरेका हुन्।

Image result for indian note 1000

मोदीले कालोधन, नक्कली नोटका विरुद्ध यो निर्णय लिएको बताउँदै यसबाट हुने केही कठिनाईलाई झेल्न सबै भारतीय तयार रहेको बताए। यदि तपाईँसँग भारु ५ सय र हजारको नोट छ भने आज मध्यरातदेखि त्यो कागजमात्र बन्नेछ।

मोदीले मंगलवार टेलिभिजनमा सम्बोधन गर्दै  राति १२ बजेदेखि भारतमा यी दुई दरका नोट नचल्ने घोषणा गरेका हुन्।

भारतमा  बैँक र हुलाक कार्यालयमार्फत् ५ सय र हजारका नोट साट्न ५० दिनको समय दिइएको छ। नोट साट्न परिचय पत्र अनिवार्य गरिएको छ। कालो धनसँग संघर्ष गर्न भारतीय प्रधानमन्त्रीले यस्तो उपाय अपनाएको बताएका हुन्। भारतले अब ५ सय दरको नयाँ र २ हजार रुपैयाँको अर्को नोट पनि चलनचल्तीमा ल्याउने घोषणा उनले गरे।

पूरानो नोट अस्पताल र पेट्रोल पम्पमा ११ नोभेम्बरसम्म चल्नेछ। यी नोटमा प्रतिबन्ध लगाएर भारतमा सरकारले दुई हजार रुपैयाँको नयाँ नोट संचालनमा ल्याउने भएको छ। मोदीले भारतीय रिर्जभ बैंकले पाँच हजारको नोट ल्याउन प्रस्ताव गरेपनि दुई हजारको नोट ल्याउन सहमति दिएको जानकारी दिए। उनले दुई हजार सहित नयाँ डिजाईनमा ५०० को नोट समेत प्रचलनमा ल्याउने बताए।

भारत सरकारले बुधवार देशैभरी बैङ्कहरु बन्द गर्ने र बुधवार र विहिवार एटिएम नचल्ने जनाएको छ। माेदिले अातंकवाद र कालो बजारी तथा भ्रष्टाचारसंग लड्नका लागि यो कदम उठाएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.