२०८० वैशाख ३ गते १३:३३ विकासन्युज
काठमाडौं । काठमाडौं आज (आइतबार) विश्वकै प्रदूषित शहर भएको छ । विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको आज विश्वकै प्रदूषित शहर भएको हो ।
स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहीबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको हो ।
बिहीबार १७४ एक्यूआई रहेको काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.