पोखरामा नाटक ‘धुमधामको घुमघाम’ मञ्चन हुँदै

  २०७९ माघ १३ गते १४:१४     विकासन्युज

काठमाडाैं । ‘धुमधामको घुमघाम’ नाटक पोखरामा मञ्चन हुने भएको छ । यो नाटक माघ २१ देखि २३ सम्म पोखरा थिएटरमा मञ्चन हुने भएको हो ।

आकांक्षा कार्की निर्देशित याे नाटक कणकमणी दीक्षितद्वारा लिखित पुस्तक ‘एडभेन्चर्स अफ अ नेपाली फ्रग’को नाट्य रुपान्तरण हाे ।

किताबमा आधारित यस नाटकले नेपाल भ्रमणमा निस्किएको एक भ्यागुतो भक्तेको यात्रालाई देखाउँछ । त्यही यात्राले प्रकृतिसँगको सम्बन्ध, आधुनिकतासँगै देशको भौगोलिक स्वरुप, विविधतालाई नाटकमा प्रस्तुत गर्छ ।

आयुष निरौलाद्वारा नाट्य रुपान्तरित यस नाटक गण्डकी प्रदेश, विद्यालय स्तरीय तेस्रो नाटक महोत्सव-२०७९ मा देखाइनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.