पाकिस्तानी रुपैयाँ इतिहासकै कमजोर बन्यो

  २०७९ माघ १३ गते १३:१२     विकासन्युज

काठमाडौं । पाकिस्तानी रुपैयाँ इतिहासकै कमजोर बनेको छ । निरन्तर ओरालो लाग्दै आएको पाकिस्तानी रुपैयाँ बिहीबार पाकिस्तानी बजारमा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको थियो । शुक्रबार पनि घटेपछि पाकिस्तानी रुपैयाँको मूल्यमा शुक्रबार झनै गिरावट आएको हो ।

शुक्रबार १ डलरको सटही दर २६४ रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार पाकिस्तानी मुद्राको मूल्यमा ३.३६ प्रतिशतले गिरावट आएको हो । बिहीबार पाकिस्तानमा डलरको मूल्य २५५ रुपैयाँमा कारोबार भएको थियो ।

जुन सन् १९९९ मा नयाँ सटही दर प्रणाली लागू भएपछिको सबैभन्दा कमजोर सावित भएको हो ।

बढ्दो महँगी र वैदेशिक मुद्राको सञ्चितिमा कमी भएसँगै पाकिस्तानी मुद्रा निकै कमजोर बनेको हो । विदेशी मुद्राको सञ्चिति कम भएपछि र डलर बलियो हुन थालेपछि एक्सचेन्ज कम्पनीज एसोसियसन अफ पाकिस्तानले डलरको भाउ स्थिर राख्ने प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.