काठमाडौं मेडिकल कलेजले ६.४८ % लाभांश बाँड्ने, सेवा विस्तार गर्न बैंकबाट कर्जा लिने

  २०७९ मंसिर १२ गते ७:४१     विकासन्युज

काठमाडौं । काठमाडौं मेडिकल कलेजले पब्लिक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने भएको छ । मेडिकल कलेजले स्वास्थ सेवा सञ्चालन गर्न आवश्यकता अनुसार घरजग्गा खरिद गर्ने भएको हो । स्वास्थ सेवा सञ्चालन गर्न आवश्यकता अनुसार घरजग्गा खरिद गर्नुपर्ने भएकाले स्रोत जुटाउन विभिन्न बैंकबाट कर्जा लिने बताएको छ ।

स्वास्थ सेवा विस्तारका लागि आवश्यकता अनुसार घरजग्गा खरिद गर्न बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार दिन मेडिकल कलेजले १३ औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले विभिन्न प्रस्ताव पारित गर्न पुस ५ गते सिनामङ्गल काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको हो ।

यस्तै, मेडिकल कलेजको सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.४८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, सञ्चालक समितिका तर्फबाट कार्यकारी अध्यक्षज्ले पेस गर्ने आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७८÷०७९ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने र आर्थिक वर्ष २०७९÷०८० को लेखा परीक्षण गर्न लेखा परीक्षण समितिको सिफारिस बमोजिम लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ ।

साथै कम्पनीले व्यवसाय विस्तारका लागि समान उद्देश्य भएका विभिन्न कम्पनी÷अस्पताल÷शिक्षण संस्थाहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ । यस्त, सञ्चालक समिति पनि हेरफेर गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.