बैंक अफ काठमाण्डूका ग्राहकलाई कोेरियन भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट

  २०७९ साउन १२ गते १८:१३     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका र कोरियन भाषा सिकाई संस्था थेयाङ हान्गुल ईन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंक र इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो ।

बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट यो छुट पाउनेछन् ।

नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणाली अन्र्तगत वार्षिक ९ हजारभन्दा बढि नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गईरहेका छन् ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.