२०७९ असार २६ गते १७:३२ विकासन्युज
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले छैंठौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । लघुवित्तले यस अवसरमा स्वास्थ्य शिविर कार्यक्रम, विद्यार्थीलाई ड्रेस सहयोग, खाद्यन्न वितरण र बालविवाह सचेतना कार्यक्रम गरेको हो ।
लघुवित्तले नयाँमिल सुपरीवेक्षण मुकाम रुपन्देही तथा फर्साटिकर शाखा रुपन्देहीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको थियो । उक्त स्थास्थ्य शिविर कार्यक्रमा १०१ जनाले सेवा लिएका थिए ।
यस्तै, लघुवत्तले रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकास्थित श्री गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका २० जना विद्यार्थीहरुलाई स्कूल युनिफर्म वितरण गरेको थियो ।
यसका साथै लघुवित्तले पाल्पा जिल्लाको तानसेन नगरपालिकास्थित निलसागर सेवा आश्रममा आश्रमका ३० जनालाई फलफुल वितरण गरेको थियो । साथै, लघुवित्तले गुल्मीमा बालविवाह सम्बन्धी सचेतना कार्यक्रम पनि संचालन गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.