चौधरी ग्रुपमा २५ जनालाई जागिर खुल्यो

  २०७३ भदौ ८ गते ४:१३     विकासन्युज

new_jobकाठमाडौं, ८ भदौ । चौधरी ग्रुपमा २५ जनाका लागि जागिर खुलेको छ । चौधरी ग्रुपले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा २५ जनाका लागि आवेदन खुल्ला गरेको हो । बिबिएस, बिटेक, बिई, सिए र एमबिए उतिर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् ।

चौधरी ग्रुपका अनुसार कर्पाेरेट फाइनान्स हेड, कार्यकारी कर्पाेरेट फाइनान्स, हेड एकाउन्टेन्ट, एचआर मेनेजर, कमर्सियल हेड, प्रडक्सन हेड, आइटी प्रमुख, आर्किटेक्ट, अपरेशन हेड, प्रडक्सन इन्चार्ज लगायतका पदमा आवेदन मागिएको हो ।

छनौटमा परेकाहरुले चौधरी समुहको टोबाको, ब्रुअरी, गेष्ट हाउस, इलेक्ट्रिोनिक्स लगायतका क्षेत्रमा काम गर्नुपर्नेछ ।
सेप्टेम्बर २ तारिख भित्र आवेदन दिईसक्नुपर्ने चौधरी समुहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.