चार महिनामै पौने ७९ करोड रुपैयाँको बीमा पोलिसी सरेन्डर, कुनको कति ?

  २०७९ जेठ १० गते १०:२६     विकासन्युज

काठमाडौं । जीवन बीमा गरेर अवधि नपुग्दै रोक्नेहरूको संख्या बढ्न थालेको छ । निश्चित वर्षको लागि भनेर बीमा गराउनेहरू समय नपुगि बीमा बन्द गर्न थालेका हुन् ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरुले जारी गरेका बीमालेख समर्पण (सरेन्डर) गर्न थालेको बीमा समितिले जानकारी दिएको छ ।समितिका अनुसार तुलनात्मक रुपमा प्रतिमहिना सरेन्डर गर्नेको संख्या र रकम बढ्दो छ ।

तथ्यांक अनुसार पछिल्लो ४ महिनामै ७८ करोड ७१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका छन् । जुन १९ वटै कम्पनीको पुसदेखि चैत महिनासम्मको औसत बीमाशुल्क हो । सो अवधिमा कूल २५ हजार ३५२ वटा बीमालेख प्रतिमहिना समर्पण भएका छन् भने औषतमा कूल ६ हजार ३४० वटा बीमालेख मासिक रुपमा सरेन्डर भएको पाइएको छ ।

बीमाशुल्क र बीमालेख संख्याको आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले जारी गरेको २ हजार ६३ वटा बीमा पोलिसीबाट ३६ करोड २२ लाख रुपैयाँ बराबरको बीमाशुल्क सरेन्डर भएका छन् ।

त्यस्तै, दोश्रोमा राष्ट्रिय बीमा संस्थान छ । पुसदेखि चैतसम्ममा संस्थाको १ हजार ७१२ वटा बीमालेखबाट ८ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क सरेन्डर भएको छ ।

नेशनल लाईफको ५२०, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को ३३६ र एशियन लाइफको ४६४ वटा बीमालेखहरु सरेन्डर भएका छन् । जसको बीमाशुल्क रकम क्रमशः ८ करोड ३ लाख, ५ करोड ४४ लाख र ३ करोड ९० लाख रुपैयाँ रहेको छ ।

दुईदेखि तीन करोड रुपैयाँ बराबरको बीमाशुल्क सरेन्डर हुनेमा रिलायन्स, प्रभु र मेट लाइफ रहेको छ । यी तीन कम्पनीको क्रमशः ३१, ३१ र ३४७ वटा बीमा पोलिसी सरेन्डर भएको हो । जसको बीमाशुल्क रकम क्रमशः २ करोड ९८ लाख, २ करोड ५९ लाख र २ करोड ५२ रुपैयाँ छ ।
युनियन, सूर्या, आईएमई, सानिमा र गुराँस लाइफको एक करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।

त्यस्तै, करोड भन्दा कम रकमको बीमा पोलिसी सरेन्डर हुनेमा अधिकांश कम्पनी रहेका छन् । जसमा प्राइम, ज्योति, सिटिजन, रिलायबल, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये पनि सबैभन्दा कमको सरेन्डर गर्नेमा महालक्ष्मी लाइफ छ । ४ महिनामा महालक्ष्मीको १२ लाख रुपैयाँ बराबरको १२ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

समितिका अनुसार गत वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म कूल ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको थियो । जसमा बीमालेखको संख्या भने ६३ हजार ३३१ वटा थियो ।

कुनको कति ? सूचीसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.