२०७९ जेठ ६ गते १४:१६ विकासन्युज
काठमाडौं । सांसद भरतकुमार शाहले नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड छन् । उनी सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् ।
शुक्रबार संसदमा जारी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सझाव दिने क्रममा शिक्षाको प्रणालीगत सुधार गर्न आवश्यकता रहेको बताएका हुन् ।
‘जुन शिक्षाले रोगार दिँदैन, त्यस्तो शिक्षाको के काम’ उनले प्रश्न गर्दै भने,’रोजगार दिने शिक्षाको व्यवस्था गर्नुपर्छ ।’
साथै कृषकको विद्युत् महशुल कम गराउन विद्युतलाई किसानको खेतखेतमा पुर्याउनुपर्नेसमेत बताएका छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.