२०७९ जेठ २ गते १०:३७ विकासन्युज
काठमाडौं । भोजपुरको अरुण गाउँपालिका अध्यक्षमा शालिकराम खत्री विजयी भएका छन् ।कांग्रेसका खत्री ४०३ मतान्तरका साथ विजयी भएका हुन् ।
२ हजार ८ सय ८७ मत पाएर विजयी भएका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद घिमिरेले भने २४ सय २४ मत ल्याएका थिए ।
यस्तै, उपाध्यक्षमा ३ हजार मत ल्याएर कांग्रेसकै विनीता ढकाल विजयी भएकी छिन् । उनले यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष भइ काम गरिसकेकी छिन् ।
अघिल्लो चुनावमा पनि यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.