भोजपुरको अरुण गाउँपालिका अध्यक्षमा खत्री, उपाध्यक्षमा ढकाल विजयी

  २०७९ जेठ २ गते १०:३७     विकासन्युज

काठमाडौं । भोजपुरको अरुण गाउँपालिका अध्यक्षमा शालिकराम खत्री विजयी भएका छन् ।कांग्रेसका खत्री ४०३ मतान्तरका साथ विजयी भएका हुन् ।

२ हजार ८ सय ८७ मत पाएर विजयी भएका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद घिमिरेले भने २४ सय २४ मत ल्याएका थिए ।

यस्तै, उपाध्यक्षमा ३ हजार मत ल्याएर कांग्रेसकै विनीता ढकाल विजयी भएकी छिन् । उनले यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष भइ काम गरिसकेकी छिन् ।

अघिल्लो चुनावमा पनि यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.