२०७९ वैशाख १८ गते १९:१० विकासन्युज
काठमाडौं । भारतीय आयल कर्पाेरेसन (आईओसी)ले नेपाल आयल निगमलाई तेलको मूल्य बढाएर पठाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दवाव परेको छ । निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले बढेर आएको छ ।
यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम ५ अर्ब १९ करोड हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.