२०७९ वैशाख १४ गते १७:१९ विकासन्युज
सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय सार्वजनिक गरेसँगै उक्त निर्णय शैक्षिक क्षेत्रमा समेत कार्यान्वयन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
सरकारले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । उक्त निर्णय शैक्षिक क्षेत्रमा समेत लागू हुने शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार अब सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुनेछन् । यसअघि आईतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म विद्यालय सञ्चालन हुँदै आएको थियो ।
सरकारले परीक्षणका रुपमा मात्रै सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको उनले बताए ।
सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णयसँगै दैनिक कार्यालय समय थप गर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै आगामी जेठ १ गतेदेखि कार्यालय समय बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.